एसईई परीक्षाको तालिका सार्वजनिक


काठमाडौं ।

२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ।

तालिका अनुसार आगामी चैत १५ गते अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन १६ गते अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ। चैत १८ गते अनिवार्य गणित  र २० गते अनिवार्य विज्ञान विषयको परिक्षा हुनेछ।

यस्तै चैत २१ गते सामाजिक अध्ययन र २२ गते ऐच्छिक  प्रथमपत्रका सबै विषयको परिक्षा हुनेछ।

परीक्षा चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।