अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी



काठमाडौँ।

१५ वर्षअधि भएको हत्याको घटनामा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कालीकोटका राजबहादुर मल्लको हत्या आरोपमा जाहेरी परेपछि जिल्ला अदालत सुर्खेतले सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

कालीकोटको महावै गाउँपालिकाकी सिंह, पदमबहादुर रावत, बालकृष्ण सिंह, टंकबहादुर सिंह, वीरबहादुर मल्ल र अलि कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

२०६५ साल फागुन २६ गते कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या भएको थियो।

प्रतिक्रिया दिनुहोस्