लमजुङको दोर्दीमा जिप दुर्घटना : ३ जना घाइते, एकको अवस्था गम्भीर



लमजुङ।

जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। दोर्दी गाउँपालिका-४, नौथर सेराबाट कामचोक जाँदै गरेको गरेको ग१ज ७५६१ नम्बरको बोलेरो जिप आइतबार साँझ पौने ६ बजेतिर दुर्घटना भएको हो। दुर्घटना परी ३ जना घाइते भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये एकको अवस्था गम्भीर छ।

कामचोक गाउँ नपुग्दै चौतारोमुनि जिप दुर्घटना भएको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए। दुर्घटनामा परेर दोर्दी गाउँपालिका-४, बाँसबोटका ५० वर्षीय पूर्णबहादुर तामाङ गम्भीर घाइते भएका छन्। वडा नम्बर ४ कै कामचोक गाउँका ५३ वर्षीया गंगामाया गुरुङ र ४७ वर्षीया मनीमाया तामाङ पनि घाइते भएका छन्।

घाइतेको उद्धार गरी उपचारका लागि बेँशीसहर ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंले जानकारी दिए। उनका अनुसार जिपका चालक प्रहरीको नियन्त्रणमा छन्।

प्रतिक्रिया दिनुहोस्