नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी अधिकारीलाई



काठमाडौं ।

सरकारले नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी वरिष्ठ कर्मचारीको हैसियतमा डा. नवराज अधिकारीलाई दिएको छ।

आइतबार अर्थ मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गर्दै बोर्डका वरिष्ठ कर्मचारीको रूपमा रहेका अधिकारीलाई निमित्त अध्यक्षको जिम्मेवारी  दिएको हो।

निवर्तमान अध्यक्ष रमेश हमालको पदावधि सकिएपछि अध्यक्ष पद रिक्त भएकोले नयाँ अध्यक्षको नियुक्ति नहुँदासम्म बोर्डको दैनिक प्रशासन र सञ्चालक समितिको बैठक बोलाउने अधिकार उनलाई तोकिएको छ।

गत पुस २० गतेदेखि नेपाल धितोपत्र बोर्ड नेतृत्व विहीन बनेको छ । अर्थ मन्त्रालयले बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी कसलाई दिने भन्ने अन्योल कायमै रहँदा उनलाई नियुक्ति दिएको हो।

प्रतिक्रिया दिनुहोस्