अफगानिस्तानमा रुसी जहाज दुर्घटना



एजेन्सी।

अफगानिस्तानमा रुसी जहाज दुर्घटना भएको छ । भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

चार्टर गरिएको उक्त जहाजमा ६ जना यात्रु सवार थिए।

त्यो जहाज अफगानिस्तानको बदाक्षन प्रान्तको पहाडी क्षेत्रमा दुर्घटना भएको अफगानिस्तानको टोलो समाचार संस्थाले जनाएको छ ।

रुसका अधिकारीहरुका अनुसार आइतबार राति भारतबाट उडेको जहाज अफगानिस्तानको आकाशबाट राडारसँग सम्पर्कविच्छेद भएको थियो । अफगान प्रहरीले भने उक्त जहाज दुर्घटना भएको रिपोर्ट प्राप्त भएको भनेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

अधिकारीहरुका अनुसार उक्त जहाज चार्टर गरिएको एयर एम्बुलेन्स हो ।

अफगानिस्तानका प्रान्तीय प्रहरी प्रवक्ताका अनुसार आइतबार उत्तरी अफगानिस्तान प्रहरीलाई बदाक्षन प्रान्तमा एक विमान दुर्घटना भएको रिपोर्ट प्राप्त भएको हो । दुर्घटनास्थलमा एक टोली पठाइएको बताइएको छ।

दुर्घटनास्थल प्रान्तीय राजधानी फैजाबादबाट २०० किलोमिटर टाढा विकट क्षेत्रमा पर्दछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्