न्यायाधीश परशुराम भट्टराईले दिए पदबाट राजीनामा



काठमाडौं ।

जिल्ला न्यायाधीश डा.परशुराम भट्टराईले राजीनामा दिएका छन् । न्यायपरिषदबाट उनी लगायत अरु दुई न्यायाधीशमाथि छानबिन गर्न समिति गठन भएको र समितिले काम गरिरहेको बेला उनले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई राजीनामापत्र बुझाएका हुन् ।

उनले गत शुक्रबार राजीनामा दिएका थिए त्यसबारे केही निर्णय नभएकाे सर्वोच्च अदालत स्रोतले जनाएकाे छ । जिल्ला अदालत धनुषाको न्यायाधीश हुँदा व्यक्तिहत्याको आरोप लागेका एक आरोपितलाई सफाइ दिएपछि उनी विरुद्ध न्यायपरिषदमा उजुरी परेको थियो ।

६ कात्तिक २०७६ मा जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक मनोज साहको गोली हानी हत्या भएको थियो । हत्याका आरोपित दामोदरप्रसाद चौधरी लगायतमाथिको आरोप पुष्टि नहुने भन्दै न्यायाधीश भट्टराईको इजलासले सफाइ दिएको थियो ।

उजुरीमाथि छानविन गर्न सर्वोच्च अदालतका न्यायाधीश डा.आनन्दमोहन भट्टराईको जाँचबुझ समिति बनेको थियो । त्यसक्रममा उनले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्