प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता



काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन्।  प्रधानमन्त्री युगान्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९औँ शिखर सम्मेलनमा भाग लिई आइतबार बिहान स्वदेश फर्केका हुन।

युगान्डाबाट नेपाली समयानुसार बिहान २:४५ बजे कतारको दोहा अवतरण गरेका प्रधानमन्त्री प्रचण्ड केहिबेर अघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन। प्रधानमन्त्री माघ ४ गते राति युगान्डा प्रस्थान गरेका थिए।

युगान्डा भ्रमणको क्रममा उनले विभिन्न देशका सरकार प्रमुखहरुसँग उच्चस्तरीय भेटवार्ता गर्नुकासाथै नाम सम्मेलनलाई सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्