एमाले काठमाडौंले माघ २० गते युवा महोत्सव आयोजना गर्ने


काठमाडौं ।

नेकपा एमाले काठमाडौंले काठमाडौंमा युवा महोत्सव २०८० आयोजना गर्ने भएको छ । एमाले काठमाडौंले समृद्धिका लागि युवा भन्ने मूल नाराका साथ माघ २० गते काठमाडौंमा युवा महोत्सव आयोजना गर्न लागेको हो ।

युवालाई पार्टीसँग जोड्न सो महोत्सव आयोजना हुन लागेको नेकपा एमाले पोलिटब्युरो सदस्य एवं काठमाडौं जिल्ला इञ्चार्ज आनन्द पोखरेलले जानकारी दिए । युवालाई परिचालित गरेर युवालाई पार्टी प्रति ध्यानाकर्षण गराउन सो महोत्सव फलदायी हुने उनले विश्वास व्यक्त  गरेका छन् ।

महोत्सवमा युवालाई मोटिभेसन गर्ने खालका स्पिचहरु राखिने उनले बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सो महोत्सवमा मोटिभेसनल विचार राख्ने उनले जानकारी दिए  ।

महोत्सवमा युवालाई विभिन्न प्राविधिक विषयमा समेत जानकारी दिइने उनले बताए  । संसदीय अभ्यास कसरी सञ्चालन हुन्छ भन्ने विषयमा समेत युवालाई महोत्सवमा जानकारी दिने कार्यक्रम रहेको उनले प्रष्ट पारे ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।