काठमाडौं लैजाँदै गरेको २०४ बोरा प्याज सिरहामा बरामद



सिरहा । 

सिरहा प्रहरीले २०४ बोरा प्याज बरामद गरेको छ। ट्रकमा लोड गरेर काठमाडौं लैजाँदै गरिएको करिब ४ लाख ८ हजार रुपैयाँ बराबरको प्याज प्रहरीले मंगलबार राति ८ बजे बरामद गरेको हो।

धनगढीमाई नगरपालिका वडा नं।९ मुसहरनियास्थित सडकखण्डबाट प्र १/०२/००१ ख ९१६९ नम्बरको ट्रकमा लोड गरिएको प्याज बरामद गरिएको सिरहाका प्रहरी नायब उपरीक्षक रविन्द्रराज पाण्डेले बताए।

यसक्रममा उदयपुर कटारी नगरपालिका-५ बस्ने चालक राजेश कटुवाल पक्राउ परेको पाण्डेले बताए। भन्सार जाँचपासको कागजात नभेटिएपछि प्याज नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्याजसहितको ट्रक राजश्व अनुसन्धान कार्यालय सुनसरीमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्