तमुधिँ युके र डायमण्ड बुद्धिष्ट सेन्टरले पोखरा म्याराथनमा च्यारिटी रन



पाेखरा  ।

आगामी फागुन पाँच गते पोखरामा हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा च्यारिटी रन हुने भएको छ । तमुधिँ युके र डायमण्ड बुद्धिष्ट सेन्टरको ब्यानरमा फरक क्षमता भएका नागरीकलाई आर्थिक सहयोगार्थ च्यारिटी रन हुन लागेको हो ।

नेपाल भुतपुर्व खेलाडी मञ्च र डायमण्ड बुद्धिष्ट सेन्टरका प्रतिनिधी योगेश गुरुङबिच मंगलबार भएको छलफलमा गुरुङले च्यारिटी रन गर्ने घोषणा गरेका हुन् । च्यारिटी रन भनेको पुण्य कार्य रहेको डायमण्ड बुद्धिष्ट सेन्टरका चियर पर्सन योगेश गुरुङले बताए ।

उनले केहि उदेश्यका साथ म्याराथनमा सहभागि हुनुपर्नेमा जोड दिए । विश्वका चर्चित सिटी म्याराथनहरुमा समेत केहि उदेश्यका साथ दौडिने हुँदा आफुहरुले समेत सोही अनुरुप नेपालमा फरक क्षमता भएका व्यक्तिहरुका लागि केहि गर्ने लक्ष्यका साथ च्यारिटी रन गर्न लागेको बताए । च्यारिटी रनबाट उठेको रकमबाट कोष खडा गरि वर्षेनी सहयोग गरिनेछ ।

‘हामी एउटा कोष स्थापना गर्छौ । भुतपुर्व खेलाडी मञ्चले प्रत्येक वर्ष हुने म्याराथनमा डिसेबलहरुको जुन प्रतिस्पर्धा हुन्छ त्यसमा हामी यो कोषबाट उठेको पैसाले अक्षयकोष स्थापना गर्नेछौ र कोषबाट आएको ब्याजले उनीहरुको खेलकुद क्षेत्रको विकासका लागि सहयोग गरिनेछ’ उनले भने, ‘ म्याराथन भनेको दौडिने मात्र होइन् । हेर्दा वास्तवमा दौडिएको मात्र देख्छ यो भित्र लाखौं सेन्देश दिन सकिन्छ । यो एउटा सागर हो । यहाँ तपाईहरुले विभिन्न उदेश्य र सन्देशहरु लिएर आउन सक्नुहुनेछ ।’

नेपाल भुतपुर्व खेलाडी मञ्चका अध्यक्ष हरि पराजुलीले पछिल्लो समय सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनले छुट्टै किसिमको माइलेज लिदैँ गइरहेको सुनाए । उनले म्याराथनलाई अन्तर्राष्ट्रिय जगतमा चर्चित बनाउँदै जादाँ यसको व्यवस्थापकीय पक्षलाई थप बलियो बनाउँदै विभिन्न उदेश्यले म्याराथनमा सहभागी हुन समेत अनुरोध गरे ।

मञ्चका निवर्तमान अध्यक्ष तेज गुरुङले म्याराथनलाई सफल बनाउन सहयोग गर्दै आउने सहयोगीहरुको प्रसंशा गर्दै १८ औं संस्करणलाई थप रोचक बनाउने गरी तयारी भइरहेको सुनाए । मञ्चका उपाध्यक्ष तथा प्रतियोगिताका मुख्य संयोजक दिलबहादुर गुरुङले च्यारिटी रनले सफल पोखरा म्याराथनलाई अझ आकर्षक बनाउनेमा आफुहरु आशावादी रहेको सुनाए ।

प्रतिक्रिया दिनुहोस्