भाडाको घरबाट निजी निवास फर्किए देउवा



काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धुम्बाराहीस्थित भाडाको घरबाट आफ्नै निवास बूढानीलकण्ठमा सरेका छन् । बुधबार आफ्नै निवासमा सरेको उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

गत पुस १० मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बनेपछि देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट सिधै धुम्बाराहीमा भाडाको निवासमा सरेका थिए । बूढानीलकण्ठस्थित निवास मर्मत सम्भार गर्नु परेकाले देउवा भाडाको घरमा सरेका थिए ।

२०७८ असारमा गठबन्धनबाट सरकार बनेपछि देउवाले बूढानीलकण्ठको निवास छोडेका थिए । घर निर्माणको कार्य छ महिनामा सकिने भनिए पनि एकवर्ष बढी लागेको थियो

प्रतिक्रिया दिनुहोस्