आर्मीमाथि बागमती प्रदेश ३ विकेटले विजयी



काठमाडौं ।

बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेको हो ।

आर्मीले दिएको ९८ रनको लक्ष्य पछाएको बागमती प्रदेशले २२.१ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि बागमतीका सुर्य तामाङले ५ विकेट लिएपछि आर्मीको ब्याटिंग लाइन धारासायी भएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको आर्मी २७।१ ओभरमा अलआउट हुदै ९७ रन मात्र बनाएको थियो ।

बागमती प्रदेशका बलर प्रतिष जिसी र रिजन ढकालले २(२ विकेट लिए भने क्रिजन गुरुङले एक विकेट लिएका थिए । आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्बाधिक २८ रन बनाए भने भिम सार्कीले १८ तथा विवेक यादवले ११ रन बनाएका थिए ।

यो बागमती प्रदेशको जारी प्रतियोगितामा दोस्रो जित हो । ४ खेलमा २ जित र २ हारसहित बागमतीको ४ अंक भएको छ । त्यस्तै आर्मीको भने यो दोस्रो खेलमा पहिलो हार हो । अब आर्मीले अर्को खेल विहिबार कोशी प्रदेशविरुद्ध खेल्ने छ भने बागमती प्रदेशले शुक्रबार कोशी प्रदेशविरुद्ध नै खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्