रोमाका प्रशिक्षक मोरिन्हो बर्खास्त



काठमाडौं ।

इटालियन क्लब एएस रोमाले प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गरेको छ ।

रोमाले एक विज्ञप्ति जारी गर्दै तुरुन्तैदेखि लागु हुने गरी मोरिन्होलाई बर्खास्त गरेको जानकारी दिएको हो । मोरिन्होसँगै रोमाले उनको टिमलाई पनि हटाएको छ ।

६० बर्षिय मोरिन्हो २०२१ को जुलाईदेखि रोमाको प्रशिक्षक बनेका थिए । क्लबका पछिल्लो खराब प्रदर्शनका कारण रोमाले उनलाई हटाएको हो । रोमा यस सिजनमा सिरी ए मा हाल नवौं स्थानमा रहेको छ । मोरिन्होले रोमालाई २०२१-२२ को युरोपा कन्फेरेन्स कप जिताएका थिए ।

प्रतिक्रिया दिनुहोस्