सुर्खेतमा एक युवक मृत फेला, घटना शंकास्पद



 सुर्खेत ।

सुर्खेतको पञ्चपुरीमा एक युवक मृत अवस्थामा शव फेला परेका छन् ।

पञ्चपुरी नगरपालिका–६ को कुवापानीमा सोही ठाउँका १८ वर्षीय भरत वुढा मृत अवस्थामा फेला परेका हुन् । सोमवार राति १ बजेको समयमा बुढा घरभन्दा केही मिटर टाढा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कुष्णबहादुर खड्काले जानकारी दिए ।

बुढाको शरीरमा चोट लागेको देखिएको उनले बताए । हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी उपरीक्षक योगेन्द्रसिँह थापाको टोली र कोहलपुरबाट तालिम प्राप्त कुकुर सहितको अनुसन्धान टोली खटिएको छ ।

घटना शंकास्पद रहेको निरीक्षक खड्को भनाई छ । ‘घटनास्थलको प्रकृति हेर्दा र चोट पटक लागेको देख्दा घटना शंकास्पद छ । घटनाको अनुसन्धानका लागि कोहलपुरबाट तालिम प्राप्त कुकुर सहितको टोली ल्याइएको छ,’ निरीक्षक खड्काले भने ।

तस्वीर:अमर कार्की

प्रतिक्रिया दिनुहोस्