एमाले केन्द्रीय कमिटीमा मनोनीत ६ सदस्यले लिए शपथ


काठमाडौं ।

नेकपा एमालेका केन्द्रीय कमिटी सदस्यमा मनोनीति ६ जना सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीबाट आज नयाँ केन्द्रीय सदस्यहरुले शपथग्रहण गरेका हुन् ।

एमाले केन्द्रीय सचिवालय बैठकले प्रदेश कमिटी अधिवेशनअघि अध्यक्षको जिम्मेवारीमा रहेका र एक जना जिल्ला अध्यक्षलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।
मनोनीत हुनेमा कोशी प्रदेशका पूर्व अध्यक्ष तुलसी न्यौपाने, मधेश प्रदेशका रामअवतार यादव, बागमतीका केशव पाण्डे, कर्णालीका बिनोद शाह र सुदुरपश्चिम प्रदेशका दामोदर भण्डारी छन् ।

यस्तै झापा अध्यक्ष दिपक कार्कीलाई पनि केन्द्रीय सदस्य मनोनीत गरिएको छ । एमाले केन्द्रीय कार्यालयमा आज उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।