जीवनमा घिउ–चाकुझैँ मिठास छाओस्, तिलका सहस्र दानाझैँ सफलता बढोस् : केपी ओली



काठमाडौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघी पर्वको असरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
देशको पूर्वदेखि पश्चिमसम्म विभिन्न संस्कृति अनुसार मनाइने सो पर्वको अवसरमा सम्पूर्ण देशवासीमा ओलीले शुभकामना दिएका छन् । सबैको जीवनमा घिउ–चाकुझैँ मिठास छाओस्, तिलका सहस्र दानाझैँ सफलता बढ्दै जाओस्’, ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

माघी अर्थात् माघे सङ्क्रान्तिको अवसरमा देशका विभिन्न भागमा विभिन्न परिकार खाने कुरा पनि ओलीले स्मरण गरेका छन् । ‘आज पूर्वदेखि पश्चिमसम्म विभिन्न संस्कृति अनुसार ढिकरी, भक्का, तरुल र सख्खरखण्डजस्ता खनिज परिकार खाइन्छ, माघे सङ्क्रान्ति अनि माघीको शुभकामना’, ओलीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्