राष्ट्रिय सभालाई ओजपूर्ण बनाउन गठबन्धनका उम्मेदवारको जित आवश्यक : ज्ञानेन्द्रबहादुर कार्की



ओखलढुंगा । 

नेपाली कांग्रेसका नेता एवं पूर्व सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभालाई ओजपूर्ण बनाउन गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताएका छन् ।

नेपाली काँग्रेस ओखलढुंगामा कार्यकर्ताहरुसँकाे छलफलमा कार्कीले मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय सभाको गरिमा बढाउन गठबन्धनका उम्मेदवारले नै जित्नुपर्ने बताएका हुन् ।`माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन सबैको दायित्व छ´ कार्कीले भने, `स्थानीय तहका प्रमुख उपप्रमुख र प्रदेशसभा सदस्य सबैले गठबन्धनका उम्मेदवारलाई एकमुष्ठ मतदान गर्ने र अन्य क्षेत्रका साथीहरूबाट समेत मतदान गराउन सहयोग गर्नुपर्ने हुन्छ ।´

स्थिरता र स्थायित्व बिना मुलुकको विकास असम्भव रहकाले अहिले गठबन्धनको सरकार बनेको उनको भनाई छ । काेशी प्रदेशबाट सत्ता गठबन्धनले काँग्रेस नेता कृष्ण सिटौला र माओवादी केन्द्रका नेता चम्पा कार्कीलाई राष्ट्रिय सभामा उम्मेदवार बनाएको छ ।

शान्ति प्रक्रियाका बाँकी काम गर्नका लागि सिटौलालाई पार्टीले राष्ट्रिय सभामा टिकट दिएको भन्दै उनले सिटौलाको विषयमा बाहिर हल्ला गरेजस्ता पार्टी तथा गठबन्धनमा कुनै समस्या नरहेको बताए । तर, कांग्रेसमा पछिल्लो समय आन्तरिक मतभेद रहेको उनले स्वीकार गरे । पहिला मेचीको कांग्रेसलाई चोट लाग्दा महाकालीको कांग्रेसलाई दुख्थ्यो  ´, उनले भने, अहिले आफूहरुबीच एकआपसमा झगडा छ ।

एकले अर्काेलाई खुइल्याएको छ। विरोध गरेको छ । यसले काँग्रेस बलियो बन्दैन । आपसी मतभेदलाई विधि विधान र प्रकृयाबाट अत्य गर्दै जानुपर्ने ।´कांग्रेसकाे आन्तरिक असहमतिकै कारण देशभरबाट कम्तीमा २० सिट कांग्रेसले गुमाउनुपरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्