जनगायक भृगुराम श्रेष्ठकाे निधन



काठमाडौँ।

जनगायक भृगुराम श्रेष्ठको निधन भएको छ। ९१ वर्षको उमेरमा आइतबार साँझ उनको निधन भएको हो । अर्बुद रोगबाट पीडित गायक भृगुरामलाई केही दिनअघि वीर अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो ।

स्वर्गीय भृगुरामको अन्त्येष्टि सोमबार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

नेपालभाषाका प्रख्यात गायकका रुपमा चिनिने भृगुरामले गायक र अभियनको क्षेत्रमा लामो योगदान गरेका छन् ।

सानैदेखि नेपाल भाषाको गीत र भजन गाउन थालेका भृगुरामले २००९ सालदेखि रेडियो नेपालमा गाउन थालेका हुन् ।

नेपाल भषाको ‘जीवन दबू’ कार्यक्रम हार्मोनियम बजाउँदै भृगुरामले प्रत्यक्ष गाउन थालेका हुन् । उनले गाएको नेपाल भाषाको लोकगीत ‘माया रे रतन, जि नं छंके माया’ त्यतिबेला जनजीवनमा साह्रै लोकप्रिय थियो ।

 

प्रतिक्रिया दिनुहोस्