चौधरी ग्रुपले तिर्‍यो १६ अर्ब १४ करोड कर

व्यावसायिक ग्रुपबाट तिरेको करलाई सरकारी स्तरबाटै सार्वजनिक गर्ने व्यवस्था मिलाउन आग्रह



काठमाडौं।

चौधरी ग्रुपले आर्थिक वर्ष २०७९-०८० मा सरकारलाई १६ अर्ब १४ करोड रुपियाँ कर तिरेको छ ।’ यो सरकारको कुल राजश्वमा १ दशमलव ८७ प्रतिशतको योगदान हो । चौधरी ग्रुप अन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजश्वमा गरेको यो योगदान सबै भन्दा उच्च रहेको हाम्रो अनुमान छ ।’ग्रुपले भनेको छ।

आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको समयमा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको जनेको छ। अर्थतन्त्रमा आएको सङ्कुचनका कारण सरकारले लक्ष्य अनुसार राजश्व संकलन गर्न सकिरहेको छैन।

‘राष्ट्रिय अर्थतन्त्रमा आएको मन्दी र त्यसबाट व्यावसायिक कारोवारमा परेको असरका कारण अघिल्लो आर्थिक वर्ष २०७८-०७९ को तुलनामा चौधरी ग्रुपको राजश्व योगदानमा केही कमी आएको छ ।’ ग्रुपले भनेको छ।  ‘उक्त आर्थिक वर्षमा ग्रुपले १७ अर्ब ७२ करोड रुपैयाँ कर तिरेको थियो ।’

‘देशको समग्र अर्थतन्त्र मन्दीबाट गुज्रिरहँदा र सरकारको कुल राजश्व संकुचित बनेको समयमा पनि चौधरी ग्रुपले उच्च कर तिर्न सक्षम भएको तथ्यले हामीलाई उत्साहित बनाएको छ । राष्ट्रिय अर्थतन्त्रको विस्तार र राष्ट्रका विकास निर्माणका परियोजनामा उल्लेख्य योगदान गर्न पाउँदा हामीलाई सन्तोष लागेको छ’, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भने, ‘हामीले नेपालमा द्रुत गतिमा लगानी विस्तार गरिरहेका छौँ र त्यसबाट राष्ट्रिय अर्थतन्त्रमा अर्थपूर्ण योगदान पुग्नेछ भन्नेमा हाम्रो विश्वास छ ।’

अध्यक्ष चौधरीले नेपालमा लगानीको वातावरणमा सुधार गरी  लगानीकर्तालाई प्रोत्साहित गरेर मात्रै राजश्वको दायरा फराकिलो बनाउदै लैजान सम्भव हुने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने र यस्तो सोचबाट राजश्वको अपेक्षित वृद्धिदर हासिल भई हाम्रा राष्ट्रिय विकासका लक्ष्य प्राप्त गर्न सम्भव हुनेमा पनि जोड दिए।

गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७० अर्ब रुपियाँ कर तिरेको छ । आर्थिक वर्ष २०७५-७६ मा ११ अर्ब ६७ करोड, २०७६-७७मा ९ अर्ब ८७ करोड, २०७७-७८ मा १४ अर्ब २८ करोड, २०७८-७९ मा १७ अर्ब ७२ करोड र २०७९-८० मा १६ अर्ब १४ करोड कर सरकारी ढुकुटीमा दाखिला गरिएको छ ।

कुन वर्ष कति  लाखमा

चौधरी ग्रुपले नेपाललाई मुख्य प्राथमिकतामा राखेर लगानी विस्तार गरिरहेको जनाएको छ ।  ‘खाद्यएवं पेय पदार्थ, हस्पिटालिटी, वित्तिय क्षेत्र, अटोमोवाईल्स, शिक्षा, पूर्वाधार एवं न्यू टेक्नोलोजीसम्ममा हामीले तिब्र गतिमा लगानी विस्तार गरिरहेका छौँ । नेपालको समग्र अर्थतन्त्रमा हामी प्रभावकारी योगदान पु¥याउन चाहान्छौँ’, चौधरी ग्रुपका प्रवन्धनिर्देशक निर्वाण चौधरीले भने, ‘हाम्रो ग्रुप एक सय ५० बर्षदेखि नेपालको अर्थतन्त्रको विकासमा सक्रिय छ । र, हामी नेपालका सातै प्रदेशहरूमा लगानी विस्तार गरिरहेका छौँ । यसबाट देशको समावेशी विकासमा योगदान पुग्नेछ भन्ने हाम्रो विश्वास छ ।’

नेपालमा व्यावसायिक ग्रुपहरूले सरकारको राजश्वमा गरेको योगदानलाई सरकारी तवरबाट छुट्टै गणना गर्ने र प्रोत्साहन गर्ने परिपाटी नहुदा पनि चौधरी ग्रुपले प्रत्येक वर्ष आफ्नो समूहबाट राजश्वमा गरेको योगदानलाई सार्वजनिकगर्दै आएको छ । करदाताको रुपमा व्यवसायकोमार्फत् भुक्तानी गरेको रकम व्यक्तिले तिरेको करमा गणना हुदैन । यसले कतिपय अवस्थामा जनमानसमा भ्रम उत्पन्न भएको पनि देखिदै आएको ग्रुपको भनाइ छ।

यो दुविधालाई अन्त्य गर्न र आफूले राजश्वमा गरेको योगदानलाई आमजनमानसकावीच सार्वजनिक जानकारीमा ल्याउन जिम्मेवार व्यावसायिक ग्रुपको सामाजिक उत्तरदायित्वका हिसाबले यो  ग्रुपले प्रत्येक वर्ष पारदर्शिताका साथ यो विवरण प्रकाशित गर्ने गर्दछ ।’ ग्रुपले भनेको छ।’

साथै, व्यावसायिक ग्रुपहरूबाट राष्ट्रिय अर्थतन्त्रमा पु¥याइएको योगदानको वास्तविक तथ्य आमजनमानस समक्ष राख्न सरकारी स्तरबाटै व्यावसायिक ग्रुपहरूले तिरेको करको गणना गर्ने र सार्वजनिक  गर्ने व्यवस्था मिलाउन पनि ग्रुपले सरकारको ध्यानाकर्षण  गराएको छ।

प्रतिक्रिया दिनुहोस्