केन्द्रीय बैंकले १५ अर्ब ७० करोडको ट्रेजरी बिल नवीकरण गर्दै



काठमाडौं ।

नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले २८ दिन र ९१ दिनको लागि १५ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको ९बढीमा एक वर्ष० स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ मंगलबार माघ २ गते जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ ।

केन्द्रीय बैंकले २८ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको र यो ट्रेजरी बिल फागुन १ गते परिपक्व हुनेछ । यसैगरी, ९१ दिनका लागि ७ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने र यो ट्रेजरी बिल २०८१ बैशाख ४ गते परिपक्व हुनेछ । लागेको हो ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ  ।

प्रतिक्रिया दिनुहोस्