सहकारी महासङ्घको अध्यक्षमा ओमदेवी मल्ल



काठमाडौँ।

राष्ट्रिय सहकारी महासङ्घको अध्यक्षमा ओमदेवी मल्ल चयन भएकी छन् । आज सम्पन्न महासङ्घको ३१औँ वार्षिक साधारणसभाले मल्लको नेतृत्वमा महासङ्घको नयाँ सञ्चालक समिति चयन गरेको हो ।

साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा रमेशप्रसाद पोखरेल, उपाध्यक्षमा खेमबहादुर पाठक, डिबी बस्नेत र इन्दिरा पन्त सर्वसम्मत भएका छन् । यसअघिसम्म महासङ्घमा एक वरिष्ठ उपाध्यक्ष र दुई उपाध्यसहित तीनजना उपाध्यक्ष रहने व्यवस्था भए पनि ३१औँ साधारणसभामार्फत विधान संशोधन गर्दै तीनजना उपाध्यक्ष रहने व्यवस्था गरेको हो ।

महासङ्घको सञ्चालकमा टेकप्रसाद चौलागाईँ, हुमाकुमारी जिसी (अन्जु), बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधवप्रसाद जोशी, शम्भुप्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टीका न्यौपाने, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दाहाल, कमला कुमारी र सुवेदी पौडेल चयन भएका छन् ।

महासङ्घको तीन सदस्य लेखा सुपरीवेक्षण समितिमा संयोजकमा भीम तुलाचनसहित सदस्यमा अमरनाथ न्यौपाने र हेमकुमारी अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्