वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोजु सम्मानित



काभ्रे।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका निवर्तमान डिन, धुलिखेल अस्पतालका संस्थापक सदस्य तथा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. राजेन्द्र कोजु सम्मानित भएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा डा. कोँजुलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष योगदान पु¥याए बापत सम्मान गरिएको हो ।

स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८० बाट डा. कोँजु सम्मानित भएका हुन् । स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि. ले आफ्नो आठौं वार्षिकोत्सवको अवसर पारेर डा. कोजू लगायतका ब्यक्तिहरुलाई सम्मान गरेको हो । नेपालको शिक्षा र सेवाको क्षेत्रमा डा. कोजूको महत्वपुर्ण योगदान रहेको स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष सन्दीप कुमार श्रेष्ठले बताए । कार्यक्रममा नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं कांग्रेस नेता प्रा.डा.शशांक कोइरालाले डा. कोँजु लगायतका ब्यक्तिहरुलाई सम्मान गरेका थिए । सम्मान ग्रहण गर्दै मुटुरोग विशेषज्ञ डा. कोजूले थप हौसला र ऊर्जा मिलेको बताए ।

विशिष्ट क्षमता भएका डा. कोँजु फुर्सदको समयमा कला, साहित्य र लेखनमा रुची राख्छन् । उनले सामाजिक संजाल तथा विभिन्न संचारमाध्यमबाट मुटु बचाउन सन्देशमूलक सामाग्रीहरु नियमित प्रकाशन तथा प्रसारण गर्दै आएका छन् । यस अघि उनलाई विभिन्न संघ संस्थाबाट सम्मानित गरिसकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्