भालुवाङ बस दुर्घटनामा साहित्यकार पाण्डेयको निधन



काठमाडौं ।

 शुक्रबार राती दाङको भालुवाङमा भएको बस दुर्घटनामा समालोचक तथा वामपन्थी चिन्तक प्राध्यापक डा। ताराकान्त पाण्डेयको मृत्यु भएको छ । नेपालगञ्जबाट काठमाडौं आउने क्रममा दाङको भालुवाङमा भएको बस दुर्घटनामा पाण्डेय लगायत १२ जनाको मृत्यु भएको हो ।

प्रगतिवादी साहित्यमा समर्पित उनी इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत थिए । हाल उनी मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार तथा स्कुलिङ विभाग सदस्य थिए ।

पार्टीले कैलालीमा आयोजना गरेको स्कुलिङ कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको बस दुर्घटनामा परी निधन भएको हो । उनले विसं २०५७ सालको पारिजात सिर्जन पुरस्कार पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्