अफ्रिकन कप फुटबल आजदेखि, २४ देश सहभागी



काठमाडौं ।

आजदेखि ३४औं अफ्रिकन कप फुटबल प्रतियोगिता शुरु हुदै छ ।

आइभरी कोष्टले आयोजना गर्ने अफ्रिकन कपमा अफ्रिकाका २४ देशले भाग लिदैछन् र यस प्रतियोगिताको फाइनल खेल ११ फेब्रुअरीमा हुने छ ।आज उद्घाटन खेलमा आयोजक आइभरी कोष्ट र गिनी९बिसाउसँग खेल्ने तालिका रहेको छ । यो खेल नेपाली समय अनुसार रति १स् ४५ बजेदेखि हुदैछन् ।

प्रतियोगिताको समुह ए मा आइभरी कोष्ट, नाइजेरिया, इक्वेटोरियल गिनी र गिनी९बिसाउ रहेका छन् भने समुह बी मा इजिप्ट, घाना, केप भर्डे र मोजाम्बिक रहेका छन् । त्यस्तै समुह सी मा सेनेगल, क्यामरुन, गिनी र गाम्बिया रहेका छन् भने समुह डी मा अल्जेरिया, बुर्किना फासो, मौरिटानिया, एंगोला रहेका छन् ।

त्यसैगरी समुह ई मा ट्युनिसिया, माली, दक्षिण अफ्रिका र नामिबिया रहेका छन् भने समुह एफमा मोरक्को, डिआर कंगो, जाम्बिया र तान्जानिया रहेका छन् ।

प्रतियोगितामा ६ समुहका विजेता र उपविजेता राउण्ड १६ मा पुग्ने छन् भने तेस्रो स्थानमा रहेका शिर्ष चार देशले राउण्ड १६ मा स्थान बनाउने छन् । अफ्रिकन कपको उपाधि सबैभन्दा बढी इजिप्टले ७ पटक जितेको छ भने क्यामरुनले ५, घानाले ४, नाइजेरियाले ३, आइभरी कोष्ट, अल्जेरिया र डिआर कंगोले २९२ पटक जितेका छन् ।

त्यस्तै जाम्बिया, ट्युनिसिया, सुडान, सेनेगल, इथोपिया, मोरक्को दक्षिण अफ्रिका र कंगोले एक एक पटक जितेका थिए । सेनेगल अफ्रिकन कपको डिफेन्डिङ च्याम्पियन हो ।

प्रतिक्रिया दिनुहोस्