आफ्नो पहिचान खुलाउनेविरुद्ध गौशाला २६ ले दिइन् साइबर ब्युरोमा उजुरी



काठमाडौँ।

गौशाला २६ ले आफ्नो पहिचान खुलाउनेविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा जाहेरी दिएकी छन्।

गौशाला २६ ले आफूविरुद्ध वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरूद्धको कसुर र कम्प्युटर सम्बन्धी कसुर भएको भन्दै बिहीबार साइबर ब्यूरोमा जाहेरी दिएकी हुन्।

युवतीको ब्यूरोमा जाहेरी परेपछि पहिचान खुलाउने व्यक्तिहरूको खोजीका लागि अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

२०७९ भदौ २१ गते गौशाला २६ ले प्रहरी वृत्त गौशालामा सन्दीप लामिछानेविरूद्ध बलात्कारको जाहेरी दिएकी थिइन् ।

लामो समय काठमाडौं जिल्ला अदालतमा चलेको सो मुद्दामा न्यायाधीश शिशिर ढकालको इजलासले फैसला गर्दै लामिछानेलाई दोषी ठहर गरेको थियो ।

अदालतले लामिछानेलाई ८ वर्ष कैद सजाय, ३ लाख जरिवाना र २ लाख पीडितलाई क्षतिपूर्ति भराउन आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्