गौशाला २६ को भन्दै युवतीको तस्बिर सार्वजनिक गर्नेलाई  रास्वपाले गर्‍यो कारबाही 



काठमाडौँ।

सामाजिक सञ्जाल प्रयोगमा संवेदनशिल नरहेको भन्दै रास्वपाले पार्टीका एक सदस्यलाई कारबाही गरेको छ।
रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समिति सदस्य रहेका  दिवस सापकोटालाई पार्टीको अनुशासन उल्लङ्घन आरोपमा निलम्बन गरेको  हो। सापकोटा सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको ठहर रास्वपाले गरेको छ।

‘प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदछौँ,’ रास्वपाले एक सूचनामा भनेको छ।’सापकोटाले गौशाला-२६ (परिवर्तित नाम)को तस्बिर सामाजिक सञ्जाल (एक्स) मा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेका थिए।’

प्रतिक्रिया दिनुहोस्