बमजनलाई सर्लाही अदालतमा उपस्थित गराइयो



काठमाडौं ।

काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जनलाई सर्लाहीस्थित जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

अनुयायी बेपत्ता पारेको अभियोग लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाही उपस्थित गराइएकाे हाे ।  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई बुधबार राति नै सर्लाही ल्याएको थियो । अदालत खुल्ने वित्तिकै उनलाई हाजिर गराइएको प्रहरीले जनाएको छ ।

अदालतमा उनविरुद्ध थुनछेक बहस हुनेछ । ब्यूरोले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्