भोलि सार्वजनिक बिदा



काठमाडाैं ।  सुदूरपश्चिम प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ । प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

भोलि प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने छन् । बाजुरा, बझाङ, डोटी लगाएत अन्य जिल्लामा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको छ।

प्रतिक्रिया दिनुहोस्