बम्जनलाई सीआईबीले गर्‍यो हत्कडीसहित सार्वजनिक, घरबाट १७ देशका अवैध मुद्रा बरामद



काठमाडौं ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तपस्वी रामबहादुर बम्जनलाई हत्कडीसहित   सार्वजनिक गरेकाे छ  ।

मंगलबार हात्तिगौँडाबाट उनलाई पक्राउ गरेको सीआईबीले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । उनीमाथि व्यक्ति बेपत्ता, बलात्काल लगायतका आरोप छ ।

उनको घरमा खानतलास गर्दा तीन करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ भेटिएको छ। जसमा नेपाली मुद्रा तीन करोड तीन लाख ७५ हजार ५०० रुपैयाँ र विदेशी मुद्रा ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबर रहेको प्रहरीको भनाइ छ । बम्जनको घरमा १७ देशका मुद्रा भेटिएका हुन्।

साथै अष्ट्रेलियन डर, युरो, क्यानेडियन डलर, डेनिस कर्नर, इन्डोसियन रुपैयाँ, मलेसियन रिंगेट, कोलम्बियन पेसो, इजरायली न्यू सकेकल, थाई भाट, यूएई दिराम, साउदी अरबियन रकम, भुटानी र सिंगापुरको पैसा पनि भेटिएका छन् । सीआईबीले बम्जनलाई उनीविरुद्ध उजुरी परेको सर्लाही पठाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्