केएमसीले फिर्ता लियो डा. विशद दाहालको निलम्बन



काठमाडौं ।

आज आवासीय चिकित्सक, कलेज प्रशासन र काठमाडौं विश्वविद्यालयका प्रतिनिधिबीच भएको त्रिपक्षीय वार्तामा डा.विशद दाहालको निलम्बन फिर्ता लिने सहमति भएको हो।

सहमति अनुसार काठमाडौं विश्वविद्यालयको कार्यविधि नबनुन्जेल आवासीय चिकित्सकहरू पूर्व निर्धारित स्वास्थ्य शिविरमा सहभागी हुने भएका छन्।बुधबार बिहान आन्दोलनरत आवासीय चिकित्सकको टोलीसँगको वार्तापछि अस्पताल प्रशासन निलम्बन फिर्ता लिन सहमत भएको डा.दाहालले  जानकारी दिए।

मंगलबार शिक्षा मन्त्रालयले दाहालमाथिको निलम्बन तत्काल फिर्ता गर्न काठमाडौं विश्वविद्यालयमार्फत केएमसीलाई निर्देशन दिएपछि आज बालकुमारीस्थित केयूको कार्यालयमा छलफल भएको थियो।

छलफलमा आन्दोलनरत आवासीय चिकित्सकको टोली र अस्पतालबीच निलम्बन फिर्ता लिने, कार्यविधि बनेपछि मात्र हेल्थ क्याम्प सञ्चालन गर्ने र त्यतिञ्जेललाई न्यून संख्यामा मात्र आवासीय चिकित्सकलाई क्याम्पमा  खटाउने सहमति भएको छ। डा. दाहाल दुई सातादेखि अस्पतालले कानुनविपरीत आफूलाई निलम्बन गरेको भन्दै आन्दोलनरत थिए।

प्रतिक्रिया दिनुहोस्