बुढानिलकण्ठ नगरका सब-इन्जिनियरसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौँ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका तत्कालीन सब-इन्जिनियर टिकाराज राई र ठेकेदार रामचन्द्र सुनुवारविरूद्ध भ्रष्‍टाचारको मुद्दा दायर गरेको छ।

आयोगले मंगलबार दुई जनाविरूद्ध काठमाडौंस्थित विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

अख्तियारको टोलीले मंसिर १४ गते टिकाराज राईलाई ८० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो। घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए बापत उनले सेवाग्राहीसँग घुस लिएको प्रवक्ता थपलियाले बताए।

घुस माग गरेको सूचनाको आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो। अनुसन्धानको क्रममा टिकाराज राई र ठेकेदार रामचन्द्र सुनुवारले आपसी मिलेमतोमा घुस लिएको अख्तियारको दाबी छ।

अख्तियारले सब इन्जिनियर टिकाराज राईलाई घुस रकम ८० हजार बिगो कायम गरी त्यसबमोजिमको जरिवाना र चार महिनादेखि ६ महिनासम्म कैद सजायको मागदाबी गरेको छ।

यस्तै यसमा टिकाराजलाई अख्तियारले मुख्य अभियुक्त बनाएपनि रामचन्द्रलाई मतियारको रूपमा सजाय मागदाबी गरेको छ। उनलाई राष्ट्रसेवकलाई दिइने सजायको आधा सजाय दिन अख्तियारले मागदाबी गरेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।