बरहथवा घटनामा सहमति: मृतक साहको नाममा प्रादेशिक अस्पतालको नामाकरण, गोली चलाउने प्रहरीलाई कारबाही



सर्लाही।

सर्लाहीको बरहथवामा शुक्रबार प्रहरीको गाेली लागि मृत्यु भएका बरहथवा नगरपालिका ५ का ३० वर्षीय जयशंकर साहको शव घट्ना स्थलबाट उठाउने सहमति भएको छ। आइतबार सर्लाही सदरमुकाम मलंगवामा भएको सर्वपक्षीय छलफलमा साहलाई सहिद घोषणा गर्न सरकारलाई सिफारिस गर्ने,सर्लाहीको बरहथवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र मधेस प्रदेश सरकारलाई हस्तान्तरण गरि ५० शैय्याको प्रादेशिक अस्पताल बनाउने,मृतक साहको नाममा प्रादेशिक अस्पतालको नामकरण गर्ने,गोली चलाउन आदेश दिने सुरक्षा अधिकारी र गोली चलाउने प्रहरीलाई निलम्बन गरि कारबाही गर्ने ,मृतकका परिवारलाई रोजगारी दिने , उद्योग बाणिज्य संघ लगायतका विभिन्न राजनीतिले गरेको विरोधका कार्यक्रम फिर्ता लिने लगायतका विषयमा सहमति भएको छलफलमा सहभागी नेपाली काँग्रेस प्रतिनिधि सुरेन्द्र दासले जानकारी दिए ।

छलफलमा मधेस प्रदेशका स्वास्थ्य मन्त्री वीरेन्द्र प्रसाद सिंह ,प्रदेश संसद कौशलकिशोर राय, बरहथवा नगरपालिका मेयर कल्पना कुमारी कटुवाल, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला लगायत थिए । मृतक साहको शव आजै घटनास्थलबाट उठाएर पोष्टमाटम गर्न राजनीति दल र जनप्रतिनिधिले सहयोग गर्ने सहमति पनि भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्