राष्ट्रिय सभा निर्वाचन : राप्रपाले टुंग्यायो ९ उम्मेदवारको नाम



काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सभा निर्वाचनका लागि ९ जना उम्मेदवार सार्वजनिक गरेको छ।

कोशी प्रदेशमा उद्धब पौडेल, बागमती प्रदेशमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट र पूर्णबहादुर विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए।

यस्तै गण्डकीमा गौमाया श्रेष्ठ र रोमबहादुर भण्डारी तथा लुम्बिनीमा निरञ्जन थापा र बिजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो। यसैगरी मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि राप्रपाले उमेदवार टुंगो लगाएको बताइए पनि नामावली सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्