राष्ट्रिय सभा निर्वाचन : अन्तिम मतदाता नामावली प्रकाशित (सूचीसहित)



काठमाडाैं । 

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि सात वटै प्रदेशमा खुलेका निर्वाचन अधिकृतको कार्यालयबाट आइतबार अन्तिम मतदाता नामावली प्रकाशन भएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कोशीमा ९३, मधेशमा १०७, बागमती ११०, गण्डकी ६०, लुम्बिनी ८७, कर्णाली ४० र सुदूरपश्चिम प्रदेशमा ५२ गरेर कुल मतदाता सङ्ख्या ५४९ रहेको छ । आयोगका अनुसार कुल मतभार भने ५७ हजार ५५९ रहेकाे जानकारी दिए  ।

प्रतिक्रिया दिनुहोस्