असिष्टेन्ट सव-इन्जिनियर पन्तविरूद्ध भ्रष्टाचार मुद्दा



काठमाडौँ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको चन्द्रागिरि नगरपालिका–१४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सबइन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
असिष्टेन्ट सबइन्जिनियर विजय लक्ष्मी पन्तविरुद्ध आज (आइतबार) विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियारको टोलीले पन्तलाई सेवाग्राहीबाट २५ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

पन्तविरुद्ध २५ हजार रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको थपलियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्