साकोस बुद्धिचालको उपाधि रविलाई

0
Shares

भक्तपुर ।

मध्यपुर ठिमीमा भएको मध्यपुर नगरपालिका अन्तर माछापुच्छ्रे कप बुद्धिचाल प्रतियोगिताको उपाधि शंखधर साकोसका रवि श्रेष्ठले हात पारेका छन्।

उनले सातौं चरणको खेलमा ओस्ला साकोसका हरिचन्द्र होनासँग बराबरी खेली ६ अंकसहित उपाधिका साथै नगद १५ हजार प्राप्त गरे। स्विस लिग प्रणाली अनुसार दुई दिने प्रतियोगितामा दर्पण साकोसका हेम भण्डारी दोस्रो स्थानमा रहे।

समान छ अंक नै जोडेका हेम रविसंग ट्राईबेकरमा पछाडि परेका थिए उनले नगद १० हजार पुरस्कार पाए भने साढे ५ अंक हात पारेका हरिचन्द्रले तेस्रो स्थानमा रही ७ हजार नगद पाउन सफल भए।

माछापुच्छ्रे साकोसका सुन्दर श्रेष्ठ चौथो र किसान साकोसका जेन श्रेष्ठ पाँचौं स्थानमा रहे। दशौं स्थानसम्म रहेका खेलाडीहरूलाई नगद पुरस्कार रहेको प्रतियोगितामा भुलाखेल साकोसका सायुश अमात्य, सिद्धार्थ साकोसका रामहरि कार्की, बालकुमारी साकोसका पदमकृष्ण श्रेष्ठ र विश्वास साकोसका रुबिन श्रेष्ठ क्रमश छैठौं देखि दशौं स्थानमा रहन सफल भए।

माछापुच्छ्रे वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको प्रतियोगिताका विजेता खेलाडीहरुलाई भक्तपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष बद्रि केदार दुवालले पुरस्कृत गरेका थिए।

Skip This