काठमाडौं ।
होण्डाको दशैं विशेष योजना ‘यो दशैं, आशाको सुरुवात’ अन्तर्गत सातै प्रदेशबाट पहिलो तीन साताका २१ जना विजेता घोषणा गरिएको छ ।
नेपालका लागि होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले सञ्चालन गरेको ‘होण्डा छ साथ साथ’ योजनाअन्तर्गत प्रत्येक प्रदेशबाट हरेक हप्ता एक/एक जना विजेता छनोट गरिएको हो । लक्की ड्रमार्फत छनोट भएका विजेताले १० हजारदेखि एक लाख रुपैयाँसम्म नगद पुरस्कार जितेका छन् ।
कम्पनीका अनुसार पहिलो साताका विजेतामा कोशी प्रदेशबाट रामचन्द्र न्यौपाने (१० हजार रुपैयाँ), मधेस प्रदेशबाट अफजल मियाँ (एक लाख रुपैयाँ), बागमती प्रदेशबाट गोकुलप्रसाद ओली (१० हजार रुपैयाँ), गण्डकी प्रदेशबाट विज्ञान लामा (१० हजार रुपैयाँ), लुम्बिनी प्रदेशबाट कृष्णबहादुर खड्का (१० हजार रुपैयाँ), कर्णाली प्रदेशबाट पदमबहादुर शाही (५० हजार रुपैयाँ) र सुदूरपश्चिम प्रदेशबाट आदर्श कन्स्ट्रक्सनका मदन यादव (१० हजार रुपैयाँ) रहेका छन् ।
त्यसैगरी, दोस्रो साताका विजेतामा कोशी प्रदेशबाट विकासकुमार यादव (१० हजार रुपैयाँ), मधेस प्रदेशबाट सुन लामा (१० हजार रुपैयाँ), बागमती प्रदेशबाट राजु महर्जन (२५ हजार रुपैयाँ), गण्डकी प्रदेशबाट बलराम थापा (५० हजार रुपैयाँ), लुम्बिनी प्रदेशबाट पुष्पा थारु (१० हजार रुपैयाँ), कर्णाली प्रदेशबाट मानसिंह दाहाल (एक लाख रुपैयाँ) र सुदूरपश्चिम प्रदेशबाट विनिता पाठक (१० हजार रुपैयाँ) रहेका छन् ।
तेस्रो साताका विजेतामा कोशी प्रदेशबाट आशिष राई (५० हजार रुपैयाँ), मधेस प्रदेशबाट सुशीलकुमार श्रीवास्तव (१० हजार रुपैयाँ), बागमती प्रदेशबाट दिशान्त विष्ट (१० हजार रुपैयाँ), गण्डकी प्रदेशबाट मनोज घिमिरे (१० हजार रुपैयाँ), लुम्बिनी प्रदेशबाट दामोरबहादुर बुढाथोकी (१० हजार रुपैयाँ), कर्णाली प्रदेशबाट प्रोभिन्स आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर (१० हजार रुपैयाँ) र सुदूरपश्चिम प्रदेशबाट जुजेस्टर राणा (१० हजार रुपैयाँ) रहेका छन् ।
चाडपर्वको उल्लाससँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै कम्पनीले ‘सहयोगको संकल्प’ नामक विशेष कार्यक्रम सञ्चालन गरेको जनाएको छ । यस योजनाअन्तर्गत विजेताले प्राप्त गर्ने पुरस्कार रकम बराबरकै थप रकम कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेको छ ।
कम्पनीले विजेताहरूलाई पुरस्कार रकम हस्तान्तरण गर्नुका साथै सोही बराबरको रकम कोषमा योगदान गर्ने जनाएको छ । यसबाट ग्राहकलाई पुरस्कार प्रदान गर्नुका साथै विपद् व्यवस्थापन तथा राहत कार्यमा समेत सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
ग्राहकहरूको उत्साह र सहभागितालाई मध्यनजर गर्दै कम्पनीले उक्त योजना आगामी मंसिर १४ गते अर्थात् नोभेम्बर ३० सम्मका लागि थप गरेको छ । यससँगै थप ग्राहकले योजनामा सहभागी भई पुरस्कार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।
स्याकार ट्रेडिङ कम्पनीले सम्पूर्ण विजेतालाई बधाई दिँदै होण्डा ब्रान्डप्रति नेपाली ग्राहकले देखाएको विश्वास र मायाका लागि आभार व्यक्त गरेको छ ।











प्रतिक्रिया