त्रिवि उपकुलपतिका लागि खोलिएको विज्ञापन रद्द



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि नाम सिफारिस गर्न दरखास्त आह्वानको सूचना रद्द भएको छ।

विज्ञापनमा उम्मेदवारको मापदण्डका विषयमा सर्वत्र विरोध भएपछि त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना जारी गर्दै दरखास्त आह्वान रद्द गरिएको जनाएको हो।

प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डको ठाडो आदेशमा गत शुक्रबार प्रकाशन गरिएको दरखास्त आह्वानसम्बन्धी सूचना रद्द गरिएको हो।

पहिलो पटक विश्वविद्यालयले खुल्ला प्रतिस्पर्धावाट उपकुलपति चयन गर्दै छ। उपकुलपतिमा दरखास्त दिन पूर्व पदाधिकारीको अनुभव नचाहिने व्यवस्थासहित सिफारिस समितिले दरखास्त आह्वान गर्ने तयारी सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्