कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ। बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बस्न लागेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा राष्ट्रियसभा निर्वाचनबारे छलफल हुनेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन भनिएको छ। राष्ट्रियसभाका २० जना सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ।

कार्यकाल सकिनुअगाडि नै माघ ११ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ। राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्