ईपीएस कोरिया शाखाको निर्देशकमा कँडेल नियुक्त



काठमाडौँ।

रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाको निर्देशकमा मैयाँ कँडेल नियुक्त भएकी छन् ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले उनलाई आज निर्देशको नियुक्ति दिएको हो । निर्देशको नियुक्त भएसंगै मैयाँले आजैदेखि जिम्मेवारी सम्हालेकी छन् ।

गत शुक्रबार ललितपुरको बालकुमारीमा ईपीएस परीक्षाको विषयलाई लिएर युवाहरुले गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दादुई जनाको ज्यान गएको थियो । उक्त घटनामा लापरवाही गरेको ठहर्याउँदै सरकारले तत्कालिन निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाएको थियो ।

त्यसपछि रिक्त पदमा मैयाँलाई ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्