टी-२० विश्वकपको खेल तालिका सार्वजनिक, नेपाल समूह ‘डी’मा



काठमाडौँ।

आईसीसी टी-२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा परेको छ । शुक्रबार सार्वजनिक भएको खेल तालिकाअनुसार समूह डीमा नेपालसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् ।

समूह एमा भारत, पाकिस्तान, अमेरिका, क्यानडा, आयरल्यान्ड, समूह बीमा इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान र समूह सीमा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी छन् ।

टी-२० विश्वकप आयोजना अमेरिका र वेस्ट इन्डिजले गर्दैछन् ।

आगामी ४ देखि ३० जुनसम्म अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा ५५ खेल हुनेछन् । हरेक समूहमा रहेका देशले ४–४ खेल खेल्ने छन् ।

४ समूहका शीर्ष २-२ टिम गरी कुल ८ टिम सुपर-८ मा पुग्नेछन् । सुपर-८ मा पनि २ समूहमा प्रतिस्पर्धा हुनेछन् । सुपर-२ को २ समूहका शीर्ष २-२ टिम सेमिफाइनलमा पुग्नेछन् ।

गत कात्तिकमा घरेलु मैदानमा यूएईलाई हराउँदै नेपालले १० वर्षपछि टी-२० विश्वकपमा स्थान पक्का गरेको थियो ।

नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्डस्, दोस्रो खेल श्रीलंकासँग जुन ११, तेस्रो खेल दक्षीण अफ्रिकासंग जुन १४ र चौथो खेल बंगलादेशसंग जुन १६ मा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्