रक्षा सचिव शर्मालाई मातृ शोक 



काठमाडौँ। 

रक्षा मन्त्रालयका सचिव किरणराज शर्मालाई मातृ शोक परेको छ । शर्माकी आमा थन्दादेवी शर्माको ८९ वर्षको उमेरमा शुक्रवार बिहान निधन भएको हो ।

दम रोगबाट पीडित शर्माको उपचारका क्रममा वीरेन्द्र सैनिक अस्पताल छाउनीमा निधन भएको थियो । मृतक शर्माको शुक्रवार नै पशुपति आर्यघाटमा दाहसंस्कार  गरिएको छ ।

दाहसंस्कार कार्यक्रममा सरकारका मुख्य सचिव, सचिव, नेपाली सेनाका उच्च अधिकारीहरु, अन्य उच्च पदस्थ व्यक्तित्वहरु लगायत आफन्तहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्