सर्लाहीमा झडप : एक जनाको मृत्यु, केही घाइते



सर्लाही ।

सर्लाहीको बरहथवामा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एकजना प्रदर्शनकारीको मृत्यु भएको छ ।

बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाका अनुसार झडप हुँदा बरहथवा नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय जयशंकर साहको मृत्यु भएको छ। अन्य केही व्यक्ति घाइते भएका छन् ।

आन्दोलनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास हान्नुका साथै हवाई फायर गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्