सशस्त्र प्रहरीले राष्ट्रव्यापी कविता प्रतियोगिता गर्ने



काठमाडौं  । 
सशस्त्र प्रहरी बलले आफ्नो २३ औं वार्षिकोत्सवको अवसर पारेर राष्ट्रव्यापी कविता प्रतियोगिता गर्ते भएको छ ।
प्रतियोगितामा इच्छुक सवैले २९ गते भित्र सशस्त्र प्रहरी बल, नेपालको कार्यादेशसँग सम्बन्धित रहेर ३ सय शब्दमा नबढाईमा प्राप्त हुने गरी कविता पठाउन  आग्रह गरेकाे छ  ।
कविता लेखन तथा वाचन प्रतियोगितामा सहभागी प्रतियोगीहरुमध्ये उत्कृष्टमा परेका १० जनाहरुले माघ ०५ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा कविता वाचन गर्ने छन् ।
प्रतियोगितामा सहभागी हुनेले सशस्त्र प्रहरी बल, नेपालको कार्यादेशहरु नेपालको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र संघर्ष नियन्त्रण गर्न, सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि नियन्त्रण गर्न, आतंककारी गतिविधि नियन्त्रण गर्न, दंगा नियन्त्रण गर्न, दैवी प्रकोप र महामारीबाट पीडितको उद्धारमा सहयोग पु¥याउन, नेपालको कुनै नागरिक वा अरु कसैलाई अपहरण गरिएमा अपहरित व्यक्तिको उद्धार गर्न वा अन्य कुनै किसिमको जघन्य तथा गम्भिर अपराध घटेमा वा गम्भिर प्रकृतिको अशान्ति भएमा वा हुने आशंका भएमा त्यसलाई नियन्त्रण गर्न, नेपालको सीमा सुरक्षा गर्न, वाह्य आक्रमणको अवस्थामा नेपाली सेनाको मातहतमा रही सहयोग गर्न, नेपाल सरकारले तोकेको सार्वजनिक महत्वका भवन, संरचना र अन्य स्थल आदिको सुरक्षा गर्न, नेपाल सरकारले सुरक्षा दिनु पर्ने ठह¥याएका व्यक्ति र तोकेको संस्था आदिको सुरक्षा गर्न, सशस्त्र  प्रहरी बल नेपालको ऐन र ऐन अन्तर्गत बनेको नियममा उल्लेख भएका वा अन्य प्रचलित कानून बमोजिम तोकिएका कार्यहरु गर्न, नेपाल सरकारले समय समयमा तोके बमोजिमका अन्य कार्यहरु गर्न, नेपाल सरकार मन्त्रिपरिषद्को  २०६९ असोज ११ गतेको निर्णयनुसार राजश्व, भन्सार तथा औद्योगिक सुरक्षा गर्न र २०७७ पौष १५ गतेको निर्णयनुसार रेलवे सुरक्षा गर्न अन्तर्गत रहेर कविता लेख्नुपर्ने छ ।
प्रतियोगितामा प्रथम पुरस्कार ५०,००० द्वितीय पुरस्कार ३०,०००, तृतीय पुरस्कार १५,००० र  उत्कृष्ठमा परेका ७ सात जना प्रतियोगीहरुलाई समेत जनही  ७,००० नगद तथा प्रमाण पत्र प्रदान गरिने सशस्त्र प्रहरी नायव उपरीक्षक  शैलेन्द्र थापाले जनाकारी दिए ।

प्रतिक्रिया दिनुहोस्