हिजबुल्लाहको हमलामा पाँच इजरायली सैनिक घाइते



एजेन्सी ।

उत्तरी इजरायलमा हिजबुल्लाहको पछिल्लो आक्रमणमा इजरायलका ५ सैनिक घाइते भएका छन । दक्षिणी लेबनानबाट उत्तरी इजरायलको अदमित क्षेत्रलाई लक्षित गरिएको मिसाइल प्रक्षेपणबाट पाँच जना इजरायली सैनिक घाइते भएका हुन ।

इजरायली सेनाले सोशल मिडियामार्फत दिएको जानकारी अनुसार इजरायली लडाकु विमान र सेनाले दक्षिणी लेबनानमा सञ्चालित सैन्य साइट र पोष्टहरू तथा आतंकवादी सेललगायत हिजबुल्लाहको पूर्वाधारमा जवाफी आक्रमण गरेका छन् ।

‘पाँचवटा मिसाइल प्रक्षेपण सिरियाली क्षेत्रबाट आएको पत्ता लागेको छ’ इजरायली सेनाले भन्यो, ‘ती क्षेप्यास्त्रहरू खुल्ला इजरायली क्षेत्र भित्र पसे । ’इजरायलले हालैका हप्ताहरूमा गाजामा प्यालेस्टिनीहरूको समर्थनमा इजरायलमा आक्रमण सुरु गर्ने हिजबुल्लाह सेनाहरूसँग लेबनान इजरायल सीमा विवादलाई गम्भीर रूपमा बढाउने धम्की दिएको छ ।

प्रतिक्रिया दिनुहोस्