सजिना, सुष्मिता र विजया सनसिल्क दशैं भाइब्ज ३ का विजेता



काठमाडौं ।

नेपालको सम्भवतः सबैभन्दा ठूलो र भरपर्दो हेयर केयर ब्रान्ड युनिलिभरको सनसिल्कले सनसिल्क दशैं भाइब्ज ३ अन्तर्गतको सनसिल्क ग्याङ अफ गल्स नामक डिजिटल अभियानको विजेता घोषण गरिएको छ।

सनसिल्कले बुधबार राति सोल्टिमोडस्थित द सोल्टी होटलमा एक भव्य समारोह आयोजना गरी सनसिल्क दशैं भाइब्ज ३ अन्तर्गतको सनसिल्क न्यु ग्याङ अफ गल्समा घोषणा गरको हो।

सन् २०२१ देखि सबै प्रकारको सुन्दर कपाल प्रदर्शन गर्दै महोत्सव मनाउने उद्देश्यले थालनी गरेको सनसिल्क ग्याङ अफ गल्र्सको नयाँ संस्करणमा सजिना खनाल, सुस्मिता बन्जरा र विजया प्रधानलाई सनसिल्क दशैं भाइब्ज ३ को विजेता घोषणा गरिएको छ।

विजेताहरूले यो डिजिटल अभियनमा विजयी भएवापत जनही एक लाख रुपियाँसहित अर्को वर्षको सनसिल्कको प्याकमा प्रस्तुत हुने अवसरका साथमा सनसिल्क ग्याङ अफ गल्र्सको हिस्सा हुने रोमाञ्चक अवसर प्राप्त गरेका छन्।

‘सम्भवतः सनसिल्क नेपालको सबैभन्दा ठूलो सौन्दर्य ब्रान्ड हो, जुन व्यापक रूपमा वितरण हुनुका साथै लाखौं उपोभोक्ताले रुचाएका छन्। हामी, सौन्दर्य निकै सरल रहेको र धेरै माध्यमबाट प्रदर्शन गर्न सकिन्छ भन्नेमा विश्वास गर्छौं। सनसिल्क विश्वस्त छ कि यदि, युवतीहरूले आफूलाई व्यक्त गर्ने मौका पाएमा धेरै अगाडि बढ्न सक्छन, र सनसिल्कले यही मौका प्रदान गरेको छ। हामीलाई सनसिल्कका तीन उत्कृष्ट व्यक्तित्व भएका नयाँ विजेताको घोषणा गर्दा निकै गर्व महशुस भइरहेको छ’ युनिलिभर नेपालका मार्केटिङ प्रमुख, सौरभ कारन्जित भन्छन् ‘हामी, ब्रान्ड र हाम्रा उपभोक्ताहरू स्थानीय चाडपर्व र संस्कृतिसँग जोडिएको हेर्न चाहन्छौं। सनसिल्क दशैं भाइब्ज र सनसिल्क ग्याङ अफ गल्सद्वारा हाम्रो यही चाहना पूरा गर्ने प्रयास रहेको छ।’

युनिलिभरका अनुसार सनसिल्क दशैं भाइब्जका यी तीन भाग्यशाली विजेता अब सनसिल्कको ब्रान्ड एम्बेसडर प्रिन्सी र प्रिज्मासँगै उभिएर सनसिल्क ग्याङ अफ गल्समा सामेल हुन तयार छन्।

ग्याङ अफ गल्स एउटा समुदाय हो, जसले देशभरका धेरै युवतीबीच सौन्दर्य, आत्मविश्वास र अपनत्व मनाउँछ। युनिलिभरका अनुसार सन् २०२१ मा यो डिजिटल अभियानमार्फत सनसिल्कले एउटा समूह सनसिल्क ग्याङ अफ गल्स बनाइएको थियो।

जुन एउटा उल्लेखनीय कदमको रूपमा सम्पन्न भएको थियो। यो अभियानको पहिलो संस्करणको सफलताले दोस्रो संस्करणलाई अझै भव्य बनाउने मार्ग प्रशस्त गरेको थियो।

अन्तर्राष्ट्रिय र स्थानीय कम्पनीहरूले डिजिटल अभियान र विशेष गरी इन्फ्लुएन्सर मार्केटिङमा जोड दिइरहेको समयमा, सनसिल्कले सनसिल्क दशैं भाइब्जसहित यसमा अगाडि रहेर एउटा छुट्टै पहिचान बनाई अरु स्थानीय ब्रान्डलाई मार्गदर्शन गर्न सफल भएको छ।

यस वर्ष यो प्रतियोगिता लेट अस सेलिब्रेट हेयर, लेट अस सनसिल्क भन्ने विषयवस्तुमा सञ्चालन गरिएको थियो। जसको प्रमुख उद्देश्य सबै प्रकारको कपाल र कपालको शैलीलाई कदर गर्ने उत्सवको रूपमा हेरिएको थियो।

दशैंलाई कपालको मेगा उत्सवको रूपमा स्थापना गर्ने उद्देश्यले सबैखाले कपाल प्रदर्शन गर्न प्रतियोगीहरूलाई आमन्त्रण गरिएको थियो। प्रतियोगिता हरेक कपाललाई याद मात्र नभई आफूलाई व्यक्त गर्ने मञ्च पनि थियो।

यसपालिको प्रतियोगिताले सबै अपेक्षा पार गर्न सफल भएको युनिलिभरले जनाएको छ। यस वर्षको अभियान चार हजार चार सय ८५ सहभागीसहित अहिलेसम्मकै ठूलो सिजन हुन सफल भएको छ।

प्रतियोगिताले करिब एक सय ७४ मिलियन भ्युज प्राप्त गरी दर्शकमाझ आफ्नो राम्रो उपस्थिति देखाउन सफल भएको छ। सनलसिल्क दशैं भाइब्ज स्थानीय जीवनशैली, संस्कृति, हेयरस्टाइल र दशैंको भावनालाई समेट्ने उत्सवको रूपमा द्रुत रूपमा विकसित भएको छ।

प्रतिक्रिया दिनुहोस्