दुवईबाट आएकाे विमानको शौचालयभित्र नवजात शिशु मृत फेला



काठमाडौं । 

दुवईबाट त्रिभुवन विमानस्थल अवतरण गरेको  एयर अरेबिया विमानको शौचालयमा नवजात शिशु मृत फेला पारेका छन् ।

बुधबार बिहान ९ बजे दुवईबाट त्रिभुवन विमानस्थल अवतरण गरेको  विमानकाे शौचालयमा नवजात शिशु मृत फेला परेकाे हाे ।

त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले नवजात शिशु मृत फेला परेको जानकारी दिए । विमानस्थल सुरक्षा स्रोतकाअनुसार आमाको उपचार काठमाडौं मेडिकल कलेज सिनामंगलमा भइरहेको छ । ती महिला करिब १५ मिनेट विमानको शौचालयमा थिइन् । नवजात शिशु फेला परेपछि सोधपुछ गर्ने क्रममा आमा अस्पतालमा रहेको जानकारी आएको हो । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्