सैंबु ब्याडमिन्टन सर्कलको अध्यक्षमा थापा



ललितपुर ।

सैंबु ब्याडमिन्टन सर्कलको अध्यक्षमा मिलन थापा निर्वाचित  भएका छन् । शनिवार आयोजित पाचौं अधिवेशनले थापाको ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । सर्कलको संरक्षक र संस्थापक अध्यक्षमा शंकर थापामगर रहेका छन्  ।

सर्कलको उपाध्यक्ष,सचिव, कोषाध्यक्ष र सह कोषाध्यक्षमा क्रमशः धिरज कुँवर, गणेश ज्ञवाली, रवीन्द्र थापामगर र मधुसूदन थापा निर्वाचित  भएका छन् । सदस्यमा क्रमशः सुरेन्द्र थापामगर, विनोद कुँवर, गोपालराम पौडेल , शैलेन्द्र थापा, सन्तोष थापा र श्याम विष्ट  रहेका छन्  ।  कार्यसमितिको पहिलो बैठकले कानुनी सल्लाहकारमा पुरुषोत्तम थापालाई चयन गरेको छ ।

साधारण सभामा ललितपुर–१८का वडा अध्यक्ष दामोदर  खड्का ,संरक्षक एवं संस्थापक अध्यक्ष शंकर थापामगर लगायतले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यलाई  शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्