कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थाको २२ औं वार्षिक साधारण सभा, नयाँ कार्यसमिति चयन



काठमाडौं ।

कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थाको २२ औं बार्षिक साधारण सभाले लक्ष्मण अधिकारीको संयोजकत्वमा नयाँ कार्य समिति चयन गरेको छ ।

कार्यसमितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष त्रयमा लक्ष्मण रायमाझी, अमरसिंह थापा र आदेश्वर बुढाथोकी रहेका छन् । त्यसैगरी सचिवमा गोविन्दप्रसाद पौडेल, कोषाध्यक्षमा राजेश सुवेदी, सहसचिवमा सुरेश खत्री चयन भएका छन्  ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा केशव सुवेदी, सुरेन्द्र दाहाल, सुन्दरकुमार थापा, बिष्णुप्रसाद सापकोटा, लक्ष्मीनारायण श्रेष्ठ, ध्रुवहरि रिजाल, गोविन्द सुवेदी,जगन्नाथ अधिकारी, भिमभक्त श्रेष्ठ , आत्मराम खड्का, शम्भुप्रसाद सुवेदी, किरणकुमार श्रेष्ठ, राजकुमार पाठक, बलराम श्रेष्ठ, रमेश खत्री र प्रकाश रायमाझी रहेका छन्  ।

साधारणसभाले ११ सदस्यीय सल्लाहकार समितिपनि गठन गरेको छ । जसमा ओम थपलिया, दीपक रिजाल,सुरथ पोखरेल, शोभा सापकोटा, सुरेश थापा, प्रमोद अधिकारी, विरेन्द्र विकल,मनोज खत्री, रमेश सुवेदी, रामबहादुर थापा र इ।पुण्य पोखरेल चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस्