घट्यो सुनको मूल्य, कति पुग्यो ?



काठमाडौं ।

नेपाल बजारमा आइतबार सुन तोलामा एक हजार ३०० रुपैयाँले सस्तो भएको छ। गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ घटेर १ लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार छापावाल सुन तोलाको एक लाख १९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। आइतबार तेजाबी सुन भने तोलाको एक लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेर प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्